देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमालेले चाहे केही दिनमै सत्ता गठबन्धन भत्काउन सक्छः विष्णु पौडेल

देशान्तर

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले एमालेले चाहे केही दिनमै सत्ता गठबन्धन भत्काउन सक्ने दाबी गर्नुभएको छ ।

धनगढीमा आज प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुएको हो ।

सो कार्यक्रममा बोल्दै एमालेलाई गठबन्धन भत्काउनु पर्छ भन्ने महसुश भयो भने एक सातामै भत्काउन सक्ने जिकीर गर्नुभयो । तर, एमाले अहिले त्यो बाटोमा नरहेको उहाँको भनाइ थियो ।

पौडेलले पार्टी नेता भीम रावलले एक पछि अर्को गल्ती गर्दै गइरहेको आरोप लगाउँदै रावल पार्टीको अनुशासनमा नबसेको र कर्तव्य निर्वाह पनि नगरेको आरोप पनि लगाउनुभयो ।

उपाध्यक्ष पौडेलले नेता रावलले पार्टीलाई कमजोर बनाउने गतिविधि गरेको बताउनुभयो ।

पौडेलले बैशाख १० गते हुने उपनिर्वाचनमा एमाले एक्लै चुनावी मैदानमा जाने पनि बताउनुभयो ।

उपाध्यक्ष पौडेलले आउने निर्वाचनमा एमालेको एकल सरकार निर्माण गर्ने तयारीमा आफूहरू लागेको स्पष्ट पार्नुभयो ।

उहाँले वर्तमान संसदले ५ वर्षको समय पूरा गर्ने लक्षण नदेखेको दाबी गर्नुभयो ।