देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोशी नामकरणको विरोधमा प्रहरी र प्रदर्शनकारीबीच दोहोरो झडप, अश्रुग्यास र ढुंगामुढा प्रहार

देशान्तर

काठमाडौं । विराटनगरमा कोशी नामकरणको विरोधमा रहेको समूह र प्रहरीबीच झडप भएको छ ।

पहिचान पक्षधर विभिन्न संघसंस्थाको संयुक्त समितिको प्रदर्शन नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरेको छ ।

प्रदर्शनकारीले पनि प्रहरीतर्फ ढुंगा हानेका छन् । प्रदेशसभाले प्रदेशको नाम कोशी राखेको विरोधमा पहिचान पक्षधरहरुले निरन्तर आन्दोलन गरिरहेका छन् ।

चैत ५ मा भएको आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बुको उपचारका क्रममा १० चैतमा मृत्यु भएपछि आन्दोलन झन् चर्किएको छ ।

मंगलबार प्रदर्शनकारी मुख्यमन्त्री कार्यालयतर्फ जाँदै गर्दा प्रहरीले लखेटेको थियो । त्यस क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो ।

प्रदर्शनकारीले प्रदेशसभा सदस्यहरु एक कार्यक्रममा सहभागी हुन आएको बिग होटल घेराउ गर्न खोजेका थिए । तर प्रहरीले त्यहाँ पनि उनीहरुलाई रोक्ने प्रयास गरेको छ ।