देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बिक्री गर्दै आएको रासन कार्डमा लापरबाही, अध्ययन गर्न समिति गठन

देशान्तर

काठमाडौं । सिमकोट गाउँपालिका– ५ र ६ को बजार क्षेत्रमा पर्ने रासन कार्डमा जथाभावी परिवार सङ्ख्या राखेको पाइएपछि एकिन बिबरण लिन समिति गठन गरेको छ ।

खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडको शाखा कार्यालय सिमकोटले बिक्री गर्दैआएको रासन कार्डकमा उल्लेख गरिएको परिवार सङ्ख्या एकिन गर्न समिति गठन गरेको हो ।

बजारवासीका लागि बढी रासन कार्ड बितरण गरेको पाइनुु र त्यसमाथि परिवार सङ्ख्या पनि बढी उल्लेख गरिएको देखिएपछि छानबिन गर्न समिति गठन गरिएको हो ।

बजारमा धेरै नै रासन कार्ड बितरण गर्ने कार्य भएको देखिएपछि खाद्य ब्यवस्था समितिले निर्णय गरी एउटा यथार्थ बिबरण लिन समिति गठन गरिएको लिमिटेडको शाखा कार्यालयका निमित्त प्रमुख नविन आचार्यले बताउनुभयो ।

हाल सिमकोट बजारमा मात्र ८४६ रासन कार्ड बितरण गरिएको छ । उहाँले बजारमा बस्ने परिवारले एउटै रासन कार्डमा आठदेखि दश जनासम्म परिवार सङ्ख्या उल्लेखगरी खाद्यन्न लिने गरेको पाइएपछि यथार्थ छानविन गर्न लागिएको बताउनुुभयो ।

लिमिटेडको ढुवानी अनुदानको खाद्यन्न एउटा रासन कार्डको एक जना सदस्यले पाँच केजी खाद्यन्न पाउने गरेका छन् । रासन कार्डमा सदस्य सङ्ख्या बढी राखेका कारण अनुुमान गरिएभन्दा खाद्यन्न बढी जाने गरेको उहाँको भनाइ छ ।

त्यसमा शंका भएपछि नयाँ बिबरण सङ्कलन गर्न सिमकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजीर रोकायाको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिले तत्काल रासन कार्डमाथि अध्ययन गर्ने र एकिन बिबरण लिएर प्रतिबेदन पेश गर्नेछ ।

सो प्रतिबेदन जिल्ला खाद्य ब्यवस्था समितिले अन्तिम रुप दिएर कार्यान्वयनमा ल्याउने जनाएको छ । समितिका सदस्यमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, उद्योग बाणिज्य संघ, पत्रकार महासंघको प्रतिनिधि सदस्य रहने छन् । लिमिटेडको शाखा कार्यालयलाई सदस्यसचिव तोकिएको छ ।