देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रचण्डले देशका लागि काम गरेका हैनन्ः गोकर्ण विष्ट

देशान्तर

काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण विष्टले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा अस्थिरता निम्ताउने कामको अगुवाइ गरिरहेको आरोप लगाउनुभएको छ ।

प्रेस चौतारी मकवानपुर शाखाले हेटौंडामा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता विष्टले प्रचण्डले देशभित्र र बाहिरका शक्ति केन्द्रको स्वार्थमा काम गरिरहेको टिप्पणी गर्नुभएको हो । देशमा राजनीतिक अस्थिरता निम्त्याउने, अन्यौलता निम्त्याउने बर्बादीको दिशातिर लैजाने कामको नेतृत्व देशभित्र र बाहिर रहेका विभिन्न शक्तिकेन्द्रको आडमा वा उनीहरुको स्वार्थलाई सेवा पु¥याउन भुमिका खेलेको आरोप लगाउनुभएको छ ।

नेकपा एमालेसँग मिलेर माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेपनि २ महिना बित्न नपाउँदै सहमतिलाई तोडेर प्रचण्डले अवसरवाद देखाएको विष्टले बताउनुभयो । यो अवसरवाद राष्ट्रको समृद्धि, जनताको जीवन रुपान्तरणको लागि नेपालको राजनीतिमा प्रगतिको कालो बादलको रुपमा देखापरेका आरोप उहाँको छ । नेपाली कांग्रेस, नेकपा माओवादी लगायतका पार्टीहरुले नेकपा एमालेका विरुद्ध बनाएको समीकरणको आयु धेरै लामो नभएको विष्टले बताउनुभयो ।

कुनै नीति, सिद्धान्त, विचार र निश्चित मापदण्ड बिना बनेको यस्तो गठबन्धन भत्किएर नयाँ प्रकारका अवस्थाहरु देखापर्ने बताउनुभयो । नेकपा एमालेलाई कमजोर बनाउनका लागि कसैले अह्राएको वा सिकाएको आधारमा अरु दलहरु एक ठाउँमा आएको उहाँको भनाइ छ ।

सचिव विष्टले एमाले र कांग्रेस मिलेर सरकार बन्ने परिस्थिति तत्काल नरहेको बताउनुभयो । सरकारले रासायनिक मलको अनुदान कटौती गरेर किसानलाई थप समस्यामा पारेकोमा आफूहरु चिन्तित भएको बताउनुभयो ।