देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रामचन्द्र पौडेललाई सहयोग गर्न राप्रपा सकारात्मक

देशान्तर

काठमाडौं – राष्ट्रपतिको निर्वाचनमा आफूलाई मत माग्न नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनसँग भेट गरेका छन् । पार्टी कार्यालय धुम्बाराहीमा पुगेर पौडेलले मत मागेका छन् ।

भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेता पौडेल संविधानको रक्षा गर्नसक्ने पात्र भएकाले राप्रपासँग भोट मागेको बताए । उनले राप्रपाले सकारात्मक जवाफ दिएको र अग्रिम शुभकामना दिएको पनि बताए ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले भने पार्टीको २४ गते बस्ने बैठकको निर्णयले मात्रै सहयोग गर्ने नगर्नेबारे टुंगो लगाउने बताए ।पौडेलसँको भेटमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसँगै अन्य नेता तथा सांसदहरु पनि उपस्थित थिए ।

पौडेलले आजै बिहान नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग भेट गरेका थिए ।सत्ता गठबन्धनका आठ दलको साझा उम्मेदवार पौडेल अहिलेको मतभारअनुसार राष्ट्रपति निर्वाचित हुने निश्चित देखिन्छ ।