देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रदेश १ को नाममा किरात लिम्बुवान सगरमाथा अस्वीकृत

'कोशी नाममाथि छलफल सुरु'

देशान्तर

काठमाडौं– प्रदेश १ प्रदेशसभा बैठकमा कोशी नाममाथि छलफल सुरु भएको छ । कोशी प्रदेश नाम राख्न एमाले सांसद रामबहादुर राना मगरले गरेको प्रस्तावमाथि प्रदेशसभा बैठकमा छलफल सुरु भएको हो ।

प्रदेशसभामा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राईले किरात लिम्बुवान सगरमाथा प्रदेश नाम राख्न प्रस्ताव पेश गरेका थिए । प्रदेशसभाले मगरले पेश गरेको प्रस्तावलाई छलफलका लागि स्वीकार गरेको छ भने राईले पेश गरेको किरात लिम्बुवान सगरमाथाको प्रस्तावलाई अस्वीकार गरेको छ ।

प्रदेशसभाको बहुमतले कोशी प्रदेशलाई छलफलका लागि स्वीकार गरेपछि सभामुख बाबुराम गौतमले किरात लिम्बुवान सगरमाथाको प्रस्ताव संवत् अस्वीकृत भएको बताएका थिए ।

प्रदेशसभामा एमालेले पेश गरेको कोशी प्रदेशमाथि छलफल सुरु भएको छ । छलफल पछि बुधबार नै मत विभाजन हुनेछ ।