देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विराटनगरमा निषेधाज्ञा जारी

'सभा, जुलुस, भेला, र्‍याली, धर्नाजस्ता गतिविधिमा रोक'

देशान्तर

काठमाडौं– विराटनगर निषेधाज्ञा जारी गरिएको छ । प्रदेश १ को नाम प्रदेशसभाले टुंगो लगाउने प्रयास गरिरहँदा स्थानीय प्रशासनले भने निषेधाज्ञा जारी गरेको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले नामांकनको विषयलाई लिएर प्रदर्शन हुन सक्ने भन्दै निषेधाज्ञा जारी गरेको बताए ।

बुधबार दिउँसो ३ बजेदेखि अर्को आदेश नभएसम्म प्रदेश राजधानी विराटनगरको देवकोटा चोकदेखि कोसी अस्पताल चोकसम्म, जिल्ला प्रशासन कार्यालय वरपर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मुख्यमन्त्रीको निवासवरपर निषेधाज्ञा जारी गरिएको हो ।

निषेधाज्ञाका अवधिमा कुनै किसिमका सभा, जुलुस, भेला, र्‍याली, धर्नाजस्ता गतिविधिमा रोक लगाइएको छ ।