देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रदेश १ को नाममा एस र जसपाको छुट्टै प्रस्ताव दर्ता

देशान्तर

काठमाडौं– प्रदेश १ को नामकरणका लागि नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले छुट्टै प्रस्ताव दर्ता गरेका छन् ।
संसद सचिवालयमा दुई दलका सांसदले ‘किरात लिम्बुवान सगरमाथा’ प्रदेश प्रस्ताव दर्ता गरेका हुन् ।

एकीकृत समाजवादीका सांसद पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले दर्ता गरेको प्रस्तावलाई एकीकृत समाजवादीका सांसद कमलप्रसाद जवेगु र जसपा सांसद निर्मला लिम्बूले समर्थन गरेकी छन् ।

नेकपा एमालेले कोसी प्रदेश नामकरणका लागि प्रस्ताव दर्ता गराएको छ । नेकपा माओवादी केन्द्रले कोसी प्रदेशमा मतदान गर्ने निर्णय गरिसकेको छ ।