देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रदेश १ को नामकरण प्रस्ताव पेस गर्न आह्वान

देशान्तर

काठमाडौं– प्रदेश १ को प्रदेशसभा सचिवालयले प्रदेश नामकरणसम्बन्धी प्रस्ताव पेस गर्न सांसदहरुलाई सूचित गरेको छ । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले बुधबार सूचना प्रकाशित गर्दै बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्ममा नामकरणसम्बन्धी आफ्नो प्रस्ताव पेस गर्न आह्वान गरेका हुन् ।

सभामुखको आदेशानुसार सचिव पराजुलीले प्रकाशित गरेको सूचनामा प्रदेशसभा नामकरणका लागि प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधनसमेत) को नियम ५८ (ख) (१) बमोजिम सोही नियमावलीको अनुसूची–९ को ढाँचामा प्रस्ताव पेस गर्न भनिएको छ ।

प्रदेशसभा सचिवालयले प्रदेश नामकरण प्रस्ताव पेस भइ निर्णय हुने गरी बुधबारको प्रदेशसभा बैठकको कार्यसूची उल्लेख गरेको छ ।