देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महाशिवरात्रिमा स्वास्थ्य शिविर

देशान्तर

काठमाडौं । सेवा नेपाल बाँकेले हिजो सम्पन्न महाशिवरात्रि पर्वमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

सो संस्थाको काठमाडौं उपत्यकामा यो पहिलो सामाजिक कार्य हो । शिविरमा तीन सय जनाभन्दा बढी श्रद्धालु भक्तजनहरूको स्वास्थ्य परीक्षण गरिएको संस्थाकी अध्यक्ष एवं वरिष्ठ स्वास्थ्यकर्मी लालमाया शाहीले बताइन् ।

साथै हिन्दूहरूकै महान् पर्व शिवरात्रिमा सेवा गर्न पाएकोमा उनीलगायत सम्पूर्ण संस्थाका स्वास्थ्यकर्मी खुसी भएको उनको भनाइ थियो ।