देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ट्रमाका भ्रष्टलाई वीरको जिम्मा

देशान्तर

काठमाडौं । सुशासन र भ्रष्टाचार निर्मूल गर्ने कुरा गरेर कहिल्यै नथाक्ने वर्तमान त्रिशंकु गठबन्धन सरकारमा एमालेबाट स्वास्थ्यमन्त्री बनेका पदम गिरीले गत साता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेका राष्ट्रिय ट्रमा सेन्टरका पूर्वकार्यकारी निर्देशक डा. सन्तोष पौडेल वीर अस्पतालको प्रमुखमा नियुक्त गरेका छन् ।

भारत सरकारको सहयोगमा निर्माण भएको ट्रमा सेन्टरमा खरिद प्रक्रियादेखि कर्मचारी नियुक्तिमा समेत चलेखल गरेर अकुत कुम्ल्याएका पोखराका पौडेललाई एमालेबाट स्वास्थ्यमन्त्री बनेका पर्वतका पदम गिरीले वीर अस्पतालमा नियुक्त गरेका हुन् ।

पौडेल ट्रमा सेन्टरमा निर्देशक रहँदा अपारदर्शी ढंगले खरिद प्रक्रियाहरू अघि बढेको भन्दै अख्तियार, प्रधानमन्त्री कार्यालय, स्वास्थ्य मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्रलगायतमा उजुरी परेको थियो । अख्तियारले अहिले ट्रमा सेन्टरलाई पत्र लेख्दै इलाइट भन्ने संस्थाका सञ्चालकको फोन नम्बरसहितको विवरण माग पनि गरिसकेको छ ।

विभिन्न मेसिन खरिदमा पनि ¥याल काढेका उनले सिआर्म, डेक्सा मेसिन, एचडी माइक्रोस्कोप, एम्बुलेन्स खरिद तथा क्यान्टिनको टेन्डरमा पनि पैसा खाएको अस्पताल स्रोतले देशान्तरलाई बताएको छ । उनले गरेका गलत कामको फेहरिस्तसहित विगतमै पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा उजुरी परेको थियो ।

पौडेलले योग्यता र क्षमताभन्दा पनि राजनीतिक आस्था र मन्त्रीको गृह प्रदेशका कारण जिम्मेवारी पाएका हुन् । हालै भएको चिकित्सक संघको चुनावमा १ हजारभन्दा बढी मतान्तरले पराजित भएका उनको नियुक्तिप्रति एमाले समर्थित चिकित्सकहरू नै असन्तुष्ट व्याप्त छ ।