देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बसको ठक्करबाट महिलाको मृत्युपछि सुर्खेत तनावग्रस्त

आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडप हुँदा प्रहरी घाइते, ४ राउण्ड अश्रुग्यास प्रहार

देशान्तर

काठमाडौँ– सुर्खेतमा बसको ठक्करबाट महिलाको मृत्यु भएपछि आफन्त र स्थानीयहरूले गरेको आन्दोलनले उग्र रूप लिएको छ । प्रर्दशनका क्रममा आज मंगलगढी चोकमा आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडप हुँदा एक प्रहरी घाइते भएका छन् ।

आन्दोलनकारीले ढुङ्गा प्रहार गर्दा प्रहरी घाइते भएका हुन् । झडप नियन्त्रण गर्न प्रहरीले ४ राउण्ड अश्रुग्यास प्रहार गरेको छ । अहिले प्रहरीले आन्दोलनकारीलाई लखेटेर मंगलगढी चोकदेखि बुलबुले चोकमा पु¥याएको छ । आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले जानकारी दिए ।

आइतबार बसको ठक्करबाट जाजरकोटकी नदी रावतको मृत्यु भएको थियो । आफन्तहरुले उक्त घटनाका दोषीलाई कारबाही र राहतको माग गर्दै गएराति देखि आन्दोलन जारी राखेका छन् ।

आन्दोलनलाई साम्य पार्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । प्रदर्शनका कारण सवारी आवतजावत पनि रोकिएको छ ।

आन्दोलनकारीहरूले विद्युत् लाइन काट्दो वीरेन्द्रनगरमा विद्युत् अवरुद्ध भएको छ । नेपाल विद्युत् प्राधिकरणको सुर्खेत शाखाका अनुसार आन्दोलनकारीहरूले विद्युत् तार काट्दा खजुरादेखि बजार क्षेत्रमा विद्युत् अवरुद्ध भएको हो । मंगलगढी चोकमा मर्मत कार्य गर्न खोज्दा आन्दोलनकारीले सम्भव नभएको प्राधिकरणले जनाएको छ ।