देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एनआईसी एसिया बैंकको मर्चेन्ट मिट सम्पन्न

देशान्तर

काठमाडौं- एनआईसी एसिया बैंक लिमिटेडले ‘सेलेब्रेटिङ डिजिटल पार्टनरसिप’ भन्ने नारासाथ यही १३ गते ‘एनआईसी एसिया मर्चेन्ट मिट’ सम्पन्न गरेको छ । बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका बैंकका १५० भन्दा धेरै व्यावसायिक साझेदारहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

बैंकको दीर्घकालीन लक्ष्यमा मर्चेन्टहरुले देखाएको उत्साहजनक सहभागिता, सहकार्य र योगदानको उच्च मूल्याङ्कन र कदर गर्दै सहयात्रालाई पुनर्ताजगी गर्ने हेतुले ‘एन आई सी एसिया मर्चेन्ट मिट २०२३’ आयोजना गरिएको बैंकले जनाएको छ ।

उक्त कार्यक्रममा बैंकका लाइफ स्टाइल बैंकिङ युनिर्भस प्रमुख श्याम प्रसाद लामिछानेले हाल बैंकले प्रदान गर्दै आइरहेको विभिन्न डिजिटल सेवाहरु तथा बैंकले आगामी दिनमा सुरु गर्न लागेका सेवाहरुबारे जानकारी गराएका थिए ।

यस प्रकारको कार्यक्रमहरु आगामी दिनमा समेत देशका विभिन्न स्थानमा आयोजना गर्ने बैंकको योजना रहेको छ ।

हालसम्म २१ लाख बढी मोबाइल बैंकिङ्ग ग्राहक, १४ लाख बढी डेबिट तथा क्रेडिट कार्डवाहक, २ लाख बढी क्युआर मर्चेन्ट, ४ हजार बढी पीओएस मर्चेन्ट तथा ३०० बढी ई–कमर्श मर्चेन्टहरुको साथै विभिन्न भुक्तानी प्रणालीसँग सम्बन्धित संस्थाहरुले बैंकसँग सहकार्य गरिरहेका छन् ।

साथै, यस प्रकारको कार्यक्रमहरु आगामी दिनमा समेत देशका विभिन्न स्थानमा आयोजना गर्ने योजना रहेको बैंकले जनाएको छ ।