देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बढ्यो सुनको मूल्य

देशान्तर

काठमाडौं- सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला रू पाँच सयले बढेको छ । अघिल्लो दिन प्रतितोला रू एक लाख पाँच हजार आठ सयमा कारोबार भएकामा बुधबार रू पाँच सयले बढेर रू एक लाख छ हजार तीन सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा रू पाँचले बढेर प्रतितोला रू एक हजार तीन सय ७० पुगेको छ ।

महासङ्घले अन्तराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।