देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पोखरामा एक पुरुषद्वारा आत्मदाहको प्रयास, बचाउन पुगेकी महिला पनि घाइते

देशान्तर

काठमाडौं- पोखरामा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् । काठमाडौंमा भएको आत्मदाहको घटना सेलाउन नपाउँदै कास्कीको पोखरा महानगरपालिका–१३ काहुँखोलमा भाडामा बस्दै आएका ४३ वर्षीय एक पुरुषले आइतबार बिहान घरभित्रै आफ्नो शरीरमा आगो लगाएका हुन् ।

वडाध्यक्ष किरण बरालका अनुसार युवकको शरीरमा आगो जलिरहेको देखेर बचाउन गएकी घरबेटी पनि सोही आगोमा परेर घाइते भएकी छिन् । उनले ती पुरुषलाई बचाउने प्रयास गरेकी थिइन् ।

उनीहरू दुवैको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा नै उपचार भइरहेको छ । दुवैको अवस्था सामान्य रहेको पनि वडाध्यक्ष बरालले बताए ।

उनीहरूको परिचय गोप्य राखिएको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ ।