देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा हरिवोल गजुरेल नियुक्त

देशान्तर

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त भएका छन् ।

प्रधानमन्त्री दाहालले गजुरेललाई मन्त्रीसरहको सेवा सुविधा पाउने गरी प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गरेका हो । सिन्धुलीका स्थायी वासिन्दा गजुरेल माओवादी केन्द्रका उपमहासचिव समेत छन् ।

गजुरेल प्रधानमन्त्री दाहालका विश्वास पात्र मानिएका छन् । गत आम निर्वाचनमा सिन्धुली क्षेत्र नम्बर १ वाट प्रतिनिधि सभामा टिकट नपाएपछि भने गजुरेल दाहालसँग असन्तुष्ट रहेका थिए । २०७४ मा भने गजुरेलले सिन्धुलीबाट जितेका थिए ।

त्यस अघि संविधान सभा निर्वाचनमा पनि गजुरेल विजयी भएका थिए । योसँगै प्रधानमन्त्री दाहालको सचिवालय ८ सदस्यीय बनेको छ ।

यस अघि प्रधमामन्त्री दाहालले सन्तु दराईलाई प्रमुख स्वकिय सचिव, रमेश मल्ल र गंगा दाहाललाई स्वकीय सचिव, सूर्यकिरण शर्मा, मनहरी तिमल्सिना, शिव खकुरेल र गोकर्ण भट्टलाई पनि सचिवालयमा नियुक्त गरेका थिए ।