देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्पट फिक्सिङको आरोपमा क्रिकेटर महबुब र आदील पक्राउ

देशान्तर

काठमाडौं – नेपाल टी-ट्वान्टी क्रिकेट लिगमा स्पट फिक्सिङ गरेको आरोपमा २ जना खेलाडी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले सोमबार पूर्व राष्ट्रिय क्रिकेटर महबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारीलाई पक्राउ गरेको हो ।

प्रतियोगितामा फिक्सिङ आशंका भएको भन्दै चौतर्फी आवाज उठेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबीले अनुसन्धान गरेको थियो । सीआईबीको अनुसार अन्य क्रिकेटर समेत पक्राउ पर्ने सम्भावना रहेको छ ।

आलम एकै खेलमा १० विकेट लिएर कीर्तिमान कायम गर्ने पूर्व खेलाडी हुन् भने अन्सारीले गत जेठमामात्रै अमेरिकाविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेका थिए ।