देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सभामुख घिमिरेले त्यागे एमाले

देशान्तर

काठमाडौं – सभामुख देवराज घिमिरे एमालेको सम्पूर्ण जिम्मेवारीबाट अलग भएका छन् । शुक्रबार विज्ञप्ति जारी गर्दै उनले सभामुखमा रहँदा स्वतन्त्र, निष्पक्ष र साझा भूमिका निभाउनुपर्ने भएकाले एमालेमा रहेका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन् ।

घिमिरेले एमालेको पार्टी सदस्यतासमेत त्यागेको उल्लेख गरेका छन् ।

उनी बिहीबार प्रतिनिधिसभाबाट सभामुखमा निर्वाचित भएका थिए । घिमिरे एमाले स्थायी कमिटी सदस्य, पार्टीको प्रदेश १ इन्चार्जसमेत थिए । उनले आजै पद तथा गोपनीयताको शपथपछि पदभार सम्हाल्ने कार्यक्रम छ ।