देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वर्षमान पुनलाई कलेजो प्रत्यारोपण गर्न चिकित्सकको सुझाव

देशान्तर

काठमाडौँ – नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा थप समस्या देखिएपछि उपचारमा संलग्न चिकित्सकले कलेजो प्रत्यारोपण गर्न सुझाव दिएका छन् ।

ललितपुरस्थित सुमेरु अस्पतालमा उपचार गराइरहनु भएका पुनको कलेजोमा समस्या देखिएपछि चिकित्सकले प्रत्यारोपण गर्न सुझाव दिएका हुन् ।

पेटरोग विशेषज्ञ प्रा.डा. युवराज शर्माले पुनको लिभरमा असर देखिएका कारण प्रत्यारोपणको सुझाव दिएको जानकारी दिए ।

पुनको पेटमा पानी जम्ने समस्या देखिएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि पुनलाई गत शनिबार रोल्पाबाट हेलिकप्टरमा ल्याई सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । पूर्वमन्त्री समेत रहेका पुन पछिल्लो समय चीनमा उपचार गराएर पुस ५ गते स्वदेश फर्किएका थिए ।

वंशाणुगत जन्डिस पीडित पुन चुनावी धपेडीका कारण रोग बल्झिएपछि गत १६ मंसिरमा नेपाली चिकित्सकहरूको परामर्शमा फलोअप उपचारका लागि चीन गएका थिए ।