देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पल शाह विरुद्धको मुद्दाकाे सुनुवाइ आज

देशान्तर

तनहुँ जिल्ला अदालतमा आज पल शाह विरुद्धको मुद्दा माथि  सुनुवाइ हुने भएको छ ।

बारम्बार पेशी तोकेर स्थगन हुँदै आएको मुद्दामा आज सुनुवाइको मिति तोकिएको छ ।

शाह माथिको मुद्दाको नवलपुर अदालतको फैसला माग गरी हाल अनुसन्धान भइरहेको आज माघ ३ गते सुनुवाइको मिति तोकिएको तनहुँ जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर  कुँवरले जानकारी  दिए।

थप अनुसन्धानको लागि नवलपुर अदालतको फैसला मगाइएको उनले जानकारी दिए ।

शाहमाथि जिल्ला अदालत नवलपुरमा पनि मुद्दा थियो ।

तर नवलपुरले भदौ २१ गते शाहलाई बलात्कारको आरोपमा सफाइ दिँदै बाल यौन दुर्व्यवहारको अभियोगमा भने साढे दुई वर्षको कैद सजाय तोकेको छ ।

माघ ३ गते (आज) तनहुँ अदालतले पनि सफाइ दिने वा कैद सजाएँ तोक्ने फैसला हुने अनुमान गरिएको छ ।

नवलपुर अदालतमा चलेको मुद्दा के कस्तो अवस्थामा चलेको छ फैसला भए फैसलाको प्रमाणित कपी उपलब्ध गराउन तनहुँ जिल्ला अदालतमा पत्राचार भएको शाहको तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता कमल मोहन वाग्लेले जानकारी दिए ।