देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सभामुखबारे काँग्रेसले दलहरुसँग छलफल गर्ने

देशान्तर

काठमाडौँ – नेपाली कांग्रेसले सभामुख–उपसभामुखबारे दलहरुसँग छलफल गर्ने भएको छ । बिहीबार बसेको पार्टी शीर्ष नेताहरुको बैठकले ५ र ७ माघमा हुने सभामुख तथा उपसभामुखको निर्वाचन बारेमा सरकारमा भएका र नभएका सबै दलसँग छलफल गर्ने निर्णय गरेको हो ।

पाण्डेले संसदमा कांग्रेसले एक्लै सभामुख÷उपसभामुख जित्ने अवस्था नरहेकोले अन्य दलहरुसँग सहकार्य गर्दै अघि बढ्नुपर्ने बताए ।

बैठकमा सभामुख/ उपसभामुख निर्वाचनसँगै स्ववियु निर्वाचनका बारेमा पनि छलफल भएको पाण्डेले जानकारी दिए । उनका अनुसार त्रिवि स्ववियु निर्वाचन गराउने गरी अघि बढेकाले कांग्रेसले चाँडै नै नेविसंघलाई पूर्णता दिँदै कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको छ ।

गत मंगलबार प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि नेपाली कांग्रेसले सभामुख र राष्ट्रपतिमध्ये एक पद लिने विषयमा माओवादीसँग आन्तरिक छलफल गरेको बताइएको छ । यद्यपि, त्यसबारेमा कांग्रेस र माआवादी दुवैले अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया जनाएका छैनन् ।

तर, माघको पहिलो हप्ता हुन लागेको सभामुख र उपसभामुख निर्वाचन र त्यसपछि हुने राष्ट्रपति निर्वाचनलाई लिएर कांग्रेसले अपनाउने रणनीतिबारे बारेमा सबैको चासो देखिएको छ ।

कांग्रेस सहमहामन्त्री पाण्डले राष्ट्रपति निर्वाचन अलि पछि हुने भएकाले कांग्रेसले सभामुख र उपसभामुख निर्वाचनकै बारेमा पहिला सबै दलहरुसँग एक चरण छलफल गर्ने निष्कर्ष निकालेको बताए ।