देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बागमतीमा सभामुखका लागि ३ जनाको उम्मेदवारी

देशान्तर

काठमाडौं – बागमती प्रदेशमा सभामुखका लागि ३ जनाको उम्मेदवारी दर्ता भएको छ । सत्ता साझेदार दलबाट राप्रपाका भुवन पाठक, नेपाली कांग्रेसका शिवराज अधिकार र नेमकिपाकी सृजना सायजुले बिहीबार सभामुखका लागि उम्मेदवारी दर्ता गरेका छन् ।

सायजुको प्रस्तावकमा नेमकिपाका सुरेन्द्र गोसाईं र समर्थकमा गीता काफ्ले, अधिकारीको प्रस्तावकमा कांग्रेसकै कुन्दनराज काफ्ले र समर्थकमा रामकृष्ण चित्रकार रहेका छन् । यसैगरी गठबन्धनका पाठकको प्रस्तावकमा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलिया र समर्थकमा माओवादी केन्द्रका युवराज दुलाल रहेका छन् ।

सभामुखको चयन भने शुक्रवार हुँदैछ ।