देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बागमती प्रदेशको सभामुखमा राप्रपाबाट भुवन पाठकको मनोनयन दर्ता

देशान्तर

काठमाडौँ – बागमती प्रदेशको मुख्यमन्त्रीका लागि सत्ता गठबन्धनबाट राष्ट्रिय प्रजातान्त्रिक पार्टीबाट भुवन पाठकले मनोनयन दर्ता गराएका छन्।

उनको प्रस्तावकमा एमालेका जगन्नाथ थपलिया र समर्थकमा नेकपा माओवादी केन्द्रका युवराज दुलाल रहेका छन्।

सत्तारुढ दलहरुबीच मुख्य पदमा भागबण्डा हुँदा बागमती प्रदेशको मुख्यमन्त्रीमा राप्रपाले लिने सहमति भएको थियो।

यसअघि मुख्यमन्त्रीका लागि नेपाली कांग्रेसबाट शिवराज अधिकारी र नेपाल मजदुर किसान पार्टीबाट सृजना सायजुले मनोनयन दर्ता गराएका छन्।

११० सदस्यीय प्रदेश सभामा बहुमत ल्याउन ५६ सांसदको आवश्यकता पर्छ।

कांग्रेसका ३७,नेकपा एमालेका २७,माओवादी केन्द्रका २१,राप्रपाका १३,नेकपा एसका ७,नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन्।