देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रदेश १ को सभामुखमा बाबुराम गौतम निर्वाचित

देशान्तर

काठमाडौं – प्रदेश १ को सभामुखमा बाबुराम गौतम निर्विरोध निर्वाचित भएका छन् । बिहीबार बसेको बैठकमा सभाका जेष्ठ सदस्यले गौतम निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।

सभामुखका लागि ओखलढुंगाको ‘ख’बाट निर्वाचित गौतमको एकल उम्मेदवारी परेको थियो । माओवादी उम्मेदवार गौतमलाई सत्ता पक्ष र प्रतिपक्षी दलको पनि समर्थन थियो ।

सभामुख गौतमले बिहीबारै शपथ लिनेछन् । संसद् सचिवालयका प्रमुख गोपाल पराजुलीका अनुसार १ बजे शपथ ग्रहण गर्ने छन् । उनलाई प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराउने छन् ।

प्रदेश १ को उपसभामुखको निर्वाचन भने पुस ३० गतेका लागि तोकिएको छ ।