देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तीन प्रदेशका मुख्यमन्त्रीले शपथ लिँदै

देशान्तर

काठमाडौं – लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले बिहीबार पद तथा गोपनियताको शपथ लिँदै छन् । बुधबार लुम्बिनी प्रदेशमा माओवादीसहित सत्तारुढ गठबन्धनको समर्थनमा नेकपा एमाले संसदीय दलका नेता लिला गिरी मुख्यमन्त्री नियुक्त भएका छन् । उनले बिहीबार नै सानो आकारको मन्त्रिपरिषद गठन गरी शपथ लिने कार्यक्रम छ । उनलाई प्रदेश प्रमुख अमिक शेरचनले दिउँसो १ बजे प्रदेश राजधानी राप्ती उपत्यकामा शपथ गराउने छन्।

यस्तै कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पनि बिहीबारै शपथ लिने कार्यक्रम छ । नेकपा एमाले, राप्रपा, एकीकृत समाजवादीसहितको समर्थनमा मुख्यमन्त्री बनेका शर्माले दिउँसो ३ बजे प्रदेश प्रमुख तिलक परियारसँग पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ ।

यस्तै सुदूपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र रावलले पनि बिहीबारैै शपथ लिनेछन् । माओवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा रावल बुधबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनँले बिहीबार दिउँसो ४ बजे प्रदेश प्रमुख देवराज जोशीसँग पद तथा गोपनियताको शपथ लिने कार्यक्रम छ ।
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज यादवको शपथ भने शुक्रबारमात्रै हुने भएको छ ।