देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नुवाकोट र दाङमा एमसिसी परियोजनामा भएका घटनाबारे बुझिरहेका छौंः अमेरिकी राजदूत

देशान्तर

नुवाकोट र दाङमा निर्माणाधीन सबस्टेशन र सडक विस्तारमा देखिएको अवरोधमा नेपालका लागि अमेरिकी राजदूतले ध्यानाकर्षण भएको वताउनु भएको छ । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले अमेरिकी सहयोग परियोजना (एमसिसी) अन्तर्गत नुवाकोट र दाङमा निर्माणाधीन सबस्टेशन र सडक विस्तारमा स्थानियले देखाएको अवरोधप्रति गम्भिर ध्यानाकर्षण भएको वताउनु भएको छ ।

राजदूत थम्प्सनले एमसिसी परियोजनाहरू सम्झौताअनुसार अघि बढिरहेको भए पनि अनावश्यक हल्ला र चर्चा भएको समेत वताउनु भएको छ । नुवाकोटको रातमाटेमा निर्माण गर्न लागिएको सबस्टेशनबारे स्थानीयले विरोध गरेका छन् । त्यस्तै दाङमा एमसिसीअन्तर्गत बन्न लागेको सडकमा स्थानीय प्रशासनले रोक लगाएको छ । जानकारीबिनै सयौं रूख काटिएपछि जिल्ला प्रशासान कार्यालययले तत्कालका लागि काम रोकिएको हो ।

घटनाबारे बुझ्न तत्कालै दाङको सम्बन्धित ठाउँमा एमसिए नेपालका अधिकारीहरू पुगेर सत्यतथ्य बुझ्न काम भइरहेको उहाँले वताउनु भयो । केही दिनअघि पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको देउखुरी क्षेत्रमा रूख काटिएको थियो। एमसिसीअन्तर्गत बनिरहेको सडकमा पूर्वजानकारीबिना रूख काटिएको भन्दै जिल्ला प्रशासन कार्यालयले चासो राखेपछि रूख काट्न रोकेको छ ।