देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फेरि वाम एकताको चर्चा

देशान्तर

नेकपा माओवादी केन्द्रले वाम एकताका लागि विभिन्न वामपन्थि पार्टिसंग छलफल सुरु गर्ने भएको छ । वाम एकता अभियानअन्तर्गत बाबुराम भट्टराईसँगै माओवादीले माधव कुमार नेपालसँग पनि सम्बाद गर्ने भएको छ । वाम एकता अपरिहार्य रहेको भन्दै माओवादीले नेकपा एकीकृत समाजवादीसँग पनि पार्टी एकता लागि सम्बाद गर्ने भएको हो।

माओवादीका उपमहासचिव एवं कार्यदल सदस्य गिरिराजमणि पोखरेलले माधव नेपालसँग अनौपचारिक छलफल सुरु भएको जानकारि दिनुभयो । माओवादी र एकीकृत समाजवादीका नेताहरूबीच अनौपचारिक सम्बाद भइरहेको भन्दै पोखरेलले वाम एकताका लागि निरन्तर छलफल हुने वताउनु भएको छ ।

पार्टि एकताका लागि पार्टीले कार्यदल बनाए पनि सत्ता समीकरणको व्यस्तताले कार्यदलको बैठक बस्न सकेको छैन । तर कार्यदलका भएका नेताहरुले बाबुराम भट्टराई र माधव कुमार नेपालसँग अनौपचारिक सम्बाद गरिरहनु भएको छ । वाम एकतामा लागि दलका नेताहरुले नेकपा एमालेसँग भने तत्काल छलफल नगर्ने भएको छ ।