देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाली पैसामा पृथ्वीनारायण शाहको तस्बिर राखौं : थापा

देशान्तर

राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाली पैसामा पृथ्वीनारायण शाहको तस्बिर अंकित गर्न माग गर्नु भएको छ । अध्यक्ष थापाले पृथ्वीनारायण शाह राजनीतिकवाद र विचारभन्दा माथि रहेको भन्दै शाहाको सम्मानमा नेपाली पैसामा तस्बिर अंकित गर्न माग गर्नु भएको छ ।

राजधानि काठमाण्डौँमा भएको एक कार्यक्रममा बोल्दै उहाँले नेपाल एकीकरणको अभियान एक संस्थासँग मात्रै सम्बन्धित नभइ नेपाललाई नाम र पहिचान दिने महान् कार्य भएको समेत बताउनु भयो । थापाले राज्यले शाहलाई सम्मानमा कन्जुस्याइँ गर्न नहुने समेत बताउनु भएको छ ।