देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेप्से परिसूचक २१.३५ गिरावट

देशान्तर

काठमाडौँ – मङ्गलबार नेप्से परिसूचकमा गिरावट आएको छ ।

नेप्से कारोबारको शुरुवातमा ६५ अङ्कभन्दा बढी अङ्कले बढेको नेप्से अन्तिम समयमा आएर गिरावट आएको छ ।

आज नेप्से परिसूचक २१.३५ अङ्क घटेर २१९०.४२ बिन्दुमा झरेको छ । त्यस्तै, त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ०.७५ अङ्कले घटेको छ भने फ्लोट इण्डेक्स १.३२ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१७ अङ्कले घटेको छ ।

कारोबारमा आएका २५४ कम्पनीको दुई करोड आठ लाख ४३ हजार कित्ता शेयर सात अर्ब ६५ करोड ८८ लाख २३ हजार रुपियाँ बराबरको खरिद बिक्री भएको छ । नेप्सेमा गिरावट आए पनि कारोबार रकम भने ११ महिना यताकै उच्च भएको छ ।

नेप्सेका १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक घटेको छ भने २ उपसमूहको परिसूचक बढेको हो । जसमा बैंकिङ्ग र म्युचुअल फण्ड उपसमूहको बढेको छ । त्यस्तै, वित्त उपसमूहको परिसूचक ४.३१ प्रतिशत, होटल तथा पर्यटन उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ ।

नेप्से परिसूचक घटे पनि बाराही हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, सिंगटी हाइड्रो इनर्जी र विन नेपाल लघुवित्तको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ । यता, तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य करिव ९ प्रतिशत घटेको छ ।

आज ङादी गु्रप पावर कम्पनीको २१ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।