देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुदूरपश्चिम प्रदेशसभा सदस्यहरुको शपथ ११ गते हुने

देशान्तर

काठमाडौं – सुदूरपश्चिमका नवनिर्वाचित प्रदेशसभा सदस्यहरुको शपथ ग्रहण पुस ११ गते हुने भएको छ । प्रदेशसभा सचिवालय धनगढीका सूचना अधिकारी यूवराज जैशीले नवनिर्वाचित प्रदेशसभा सदस्यलाई ११ गते पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको जानकारी दिए ।

सूचना अधिकारी जैशीका अनुसार प्रदेश सभाका जेष्ठ सदस्य ६८ वर्षीय अछाम क्षेत्र नम्बर २ बाट निर्वाचित मानबहादुर रावलले शपथ ग्रहण गराउने भएका छन् । रावलले सोही दिन प्रदेश प्रमुख देवराज जोशीबाट शपथ ग्रहण गरी बाँकी प्रदेश सभा सदस्यहरुलाई शपथ ग्रहण गराउने भएका हुन् ।

सुदूरपश्चिम प्रदेशसभामा ५३ जना प्रदेशसभा सदस्यहरू छन् ।