देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मुस्ताङबाट काँग्रेसले खाता खोल्यो, प्रतिनिधि सभामा गौचन विजयी

देशान्तर

मुस्ताङ – मुस्ताङमा प्रतिनिधि सभा तर्फ नेपाली काँग्रेसका योगेश गौचन विजयी भएका छन् ।

एकमात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको मुस्ताङमा काँग्रेसका युवा उम्मेदवार गौचन ३ हजार ९ सय ९२ मत ल्याएर विजयी भएका हो । उनका निकटतम् प्रतिद्वन्द्धी नेकपा एमालेका उम्मेदवार प्रेम तुलाचनले ३ हजार ७८ मत ल्याएका थिए । यसको आधिकारिक घोषणा भने भएको छैन ।

मुस्ताङमा प्रतिनिधि सभाको एकमात्र निर्वाचन क्षेत्र रहेको छ भने प्रदेश तर्फ दुई निर्वाचन क्षेत्ररहेका छन् । प्रदेश तर्फको मतगणना शुरु हुँदैछ ।