देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भाेलि हुने निर्वाचनकाे सम्पूर्ण तयारी पूरा

ढुक्क भएर आफ्नो मताधिकारको उपयोग गर्न आयोगकाे अपिल

देशान्तर

काठमाडौं- प्रदेश र प्रतिनिधिसभाकाे निर्वाचन भाेलि हुँदैछ । निर्वाचन आयोगले मतदानकाे सम्पूर्ण तयारी पूरा भएकाे जनाउँदै मतदान गर्न योग्य सबै नागरिकलाई ढुक्क भएर आफ्नो मताधिकारको उपयोग गर्न अपिल गरेको छ । मतदानको अघिल्लो दिन शनिबार आयोगमा विशेष पत्रकार सम्मेलन गरेर प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आइतबार  बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म नजिकको मतदान केन्द्रमा गएर संविधानले दिएको मौलिक हक अन्तर्गत पर्ने मतदानको सदुपयोग गर्न उनले आग्रह गरे।

उनले मतदान गर्न जाँदा मतदाता परिचय पत्र अनिवार्य लैजान पनि आग्रह गरे । प्रमुख आयुक्त थपलियाले मतदाता परिचयपत्र नभएकाले आयोगले तोके बमोजिम आफ्नो फोटो टाँसिएको नागरिकताको प्रमाणपत्र, राहदानी, जग्गाधनी प्रमाण पूर्जा, सवारी अनुमति पत्र वा राष्ट्रिय परिचयपत्र मध्ये कुनै एउटा परिचय पत्र बोकेर जानसक्ने बताए । तर,उनले मतदाताहरुले मतदानका लागि जाँदा मोबाइल, क्यामेरा, सलाई, लाइटर लगायतका कुनैपनि निषेधित वस्तुहरु बोक्न नहुने बताए ।

थपलियाले कसैको डर, धम्की र लोभमा नपरी आफूलाई मन परेको उम्मेदवार र पार्टीलाई मत दिन पनि आग्रह गरे । सकभर सबै कर्मचारी र नागरिकले मतदानमा भाग लिन पाउन भनेरै सरकारले भोलि र पर्सि सार्वजनिक बिदा दिएको उल्लेख गर्दै थपलियाले आफूले रोजेको प्रतिनिधिमार्फत शासन सञ्चालन गर्न पाउने अधिकारको पूर्ण उपयोग गर्न अपिल गरे ।

मतदातालाई मतदान केन्द्रमा जान नदिने, मतपत्र वा मतपेटिका लुट्न खोज्ने, मतपत्रको दुरुपयोग गर्ने, मत दिएको फोटो भिडियो खिच्ने, पटक पटक मतदान गर्न खोज्ने र मतदान कक्षमा जान खोज्ने अनधिकृत व्यक्ति लगायतलाई तत्कालै कडा भन्दा कडा कारबाही गर्न कर्मचारी र सुरक्षाकर्मीलाई निर्देशन दिइसकिएको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए।

मतदानको ४८ घण्टा अघिदेखि सुरु भएको प्रचार प्रशार निषेधको अवधिमा काुनन पालना भए÷नभएको विषय आयोगले विशेष सुक्ष्म अनुगमन गरिरहेको र सञ्चारमाध्यम र सामाजिक सञ्जालका सूचनालाई समेत जानकारी लिएर नियमन र निगरानी गरिरहेको पनि उनले बताए।