देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

खेअर्सन सहरबाट सेना फिर्ता गर्ने रुसको निर्णयलाई गम्भीरतापूर्वक लिएको युक्रेनको प्रतिक्रिया

देशान्तर

काठमाडौँ  – युक्रेनको खेअर्सन सहरबाट सेना फिर्ता गर्ने निर्णयबाट रुस समस्यामा परेको अमेरिकाले टिप्पणी गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी सेना फिर्ता हुने निर्णयले उनीहरूको केही समस्यामा रहेको सङ्केत गरेको बताएका छन् । उनले केही समयदेखि आफूले यस्तो कदमको अपेक्षा गरेको समेत बताएका बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति बाइडेनले मध्यावधि चुनावपछि ह्वाइट हाउसबाट आफ्नो प्रतिक्रिया जनाएका हो । युक्रेनले प्रतिरक्षा गरिरहेका बेला रुसले गरेको पछिल्लो निर्णयलाई ठूलो धक्काका रुपमा विश्लेषण गरिएको छ । साथै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेना फिर्तीलाई गम्भीरतापूर्वक लिएको र किएभ सावधानीपूर्वक अघि बढिरहेको बताएका छन् ।

रुसले हिजो युक्रेनको खेअर्सन सहरबाट आफ्ना सेनालाई फिर्ता हुन आदेश दिएको थियो । खेअर्सन सहर रूसले आफ्नो विशेष सैन्य अपरेसनको बेलामा कब्जा गरेको पहिलो सहरी केन्द्र थियो ।

साथै रुसले गएको फेब्रुअरी २४ मा आक्रमण सुरु गरेदेखि नै रुसी सेनाबाट नियन्त्रित एक मात्र सहर हो ।