देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चुनावमा बहुमत ल्याएका नेता नेतान्याहुलाई इजरायली प्रधानमन्त्रीद्वारा बधाई

देशान्तर

इजरायलका प्रधानमन्त्री याइर लापिडले आम चुनावमा भएको जितका लागि नेता बेन्जामिन नेतान्याहुलाई बधाई दिएका छन् ।

साथै, उनले व्यवस्थित रूपमा शक्ति हस्तान्तरणमा सघाउने प्रतिबद्धता पनि जनाउनु भएको बीबीसीले जनाएको छ ।

हिजो सार्वजनिक चुनावी मतपरिणाम अनुसार नेतान्याहुको लिकुड दल र गठबन्धनले संसद्को १ सय २० मध्ये ६४ सिटमा जित हासिल गरेको छ ।

यो बहुमतसँगै १४ महिनाअघि सत्ताबाट बाहिरिएका नेतान्याहु फेरि नेतृत्वमा आउने पक्का जस्तै भएको छ । पछिल्लो चुनावी नतिजाले त्यहाँ सन् २०१९ मा सुरु भएको राजनीतिक गतिरोधको अन्त्य भएको छ ।

त्यसबेला नेतान्याहुमाथि भ्रष्टाचार तथा छलीको आरोप लागेको थियो । यो मुद्दामा सुनुवाइ भइरहेको छ । अन्तिम निर्णय आइसकेको छैन।