देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

प्रधानमन्त्री शहबाज शरिफद्वारा घटनाको निन्दा

देशान्तर

काठमाडौं- पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । गुजरावालाको अल्लाहवाला चोक नजिकै  र्‍यालीमा रहेकाे समयमा उनीमाथि गोली प्रहार भएको हो ।गोली लागेर उनी घाइते भएका छन् ।

उनकाे खुट्टामा गोली लागेको छ । आक्रमणकारीले ३-४ राउण्ड गोली प्रहार गरेका थिए ।खानलाई उपचारका लागि लाहोरको अस्पतालमा लगिएको छ।एक सन्दिग्ध पुरुषलाई पक्राउ गरिएको छ।सत्तरी वर्षीय खान चुनावको माग गर्दै विरोध र्‍यालीमा सहभागी भइरहेका थिए।

पूर्वप्रधानमन्त्री खानमाथि गरिएको गोली प्रहारको घटनाको प्रधानमन्त्री शहबाज शरिफले निन्दा गरेका छन्।प्रधानमन्त्रीले गृहमन्त्रीलाई घटनाबारे तत्काल रिपोर्ट पेस गर्न निर्देशन समेत दिएका छन्।