देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

२ पटकको च्याम्पियन वेस्ट इन्डिजलाई हराउँदै आयरल्यान्ड टी–२० विश्व कपको सुपर १२ मा

देशान्तर

काठमाडौँ – दुई पटकको च्याम्पियन वेस्ट इन्डिज टी–२० विश्व कप क्रिकेटको पहिलो चरणबाटै बाहिरिएको छ । शुक्रवार भएको खेलमा आयरल्यान्डसँग नौ विकेटले पराजित भएसँगै वेस्ट इन्डिज सुपर १२ मा नपुगि बाहिरिएको हो । वेस्ट इन्डिज सन् २०१२ र २०१६ को टी–२० विश्व कप क्रिकेटमा च्याम्पियन बनेको थियो ।

होबार्टमा वेस्ट इन्डिजले दिएको एक सय ४७ रनको लक्ष्य आयरल्यान्डले १७ ओभर ३ बलमा एक विकेट गुमाएर भेटायो । उसका पउल स्टर्लिङले ६६ र लोर्कन टकरले ४५ रन बनाए ।

यसअघि टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ४६ रन बनायो । उसका ब्रान्डन किङले ६२ रन बनाए । बलिङतर्फ आयरल्यान्डका ग्यारेथ डिलेनीले तीन विकेट लिए ।

यो जितसँगै आयरल्यान्ड समूह बी बाट समूह १२ मा पुग्ने पहिलो टिम बनेको छ । आजै हुने समूह बी कै अर्को खेलमा जिम्बावे र स्कटल्यान्ड खेल्दैछन् । यस खेलको विजेताले दोस्रो टिमको रूपमा समूह १२ स्थान बनाउनेछ ।

यसअघि हिजो बिहीवार भएको खेलमा समूह ए बाट श्रीलङ्का र नेदरल्यान्ड्स सुपर १२ मा प्रवेश गरेका थिए ।