देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पुरुष बास्केटबलमा गण्डकी र एपीएफलाई स्वर्ण

देशान्तर

पोखरा – नवौं राष्ट्रिय खेलकुद अन्तरगत पोखरामा सम्पन्न पुरुष बास्केटबलमा आयोजक गण्डकी प्रदेश र एपीएफ क्लबले स्वर्ण पदक जितेका छन् ।

प्रतियोगिताको फाइभ अन फाइभ तर्फ विभागीय टोली एपीएफले स्वर्ण जितेको हो भने थ्री अन थ्री तर्फ आयोजक गण्डकी प्रदेशले ।

फाइभ अन फाइभतर्फ भएको फाइनलमा एपीएफले आयोजक गण्डकीलाई ८१-७९ स्कोरले हरायो र थ्री अन थ्रीमा व्यहोरेको हारको बदला पनि लियो । यसअघि थ्री अन थ्रीमा आयोजक गण्डकीले एपीएफलाई २१-१६ स्कोरले हराएर स्वर्ण जितेको थियो ।

फाइभ अन फाइभतर्फ त्रिभुवन आर्मी क्लबले कांस्य पदक जित्यो । उसले फाइनलमा बागमती प्रदेशलाई ७८-६० स्कोरले हराएको थियो ।

थ्री अन थ्रीमा भने बागमती प्रदेशले कांस्य पदक जितेको छ । बागमतीले आर्मीलाई १९-१५ स्कोरले हराएको थियो ।

गत २८ गतेदेखि पोखरा रंगशालामा सुरुभएको प्रतितोगितामा ३ बिभागीय टोली सहित १० टिमको सहभागिता थियो । खेललाई लिक कम नक आउटको आधारमा खेलाइएको हो ।