देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नवौंँ राष्ट्रिय खेलकुद अन्तर्गत पौडीमा आर्मी २० स्वर्णसहित पहिलो

देशान्तर

काठमाडौं – नवौंँ राष्ट्रिय खेलकुद अन्तर्गत पौडी प्रतियोगितामा आर्मी च्याम्पियन बनेको छ । आर्मीले २० स्वर्ण, नौ रजत र सात कास्यसहित ३६ पदक जित्दै च्याम्पियन बनेको हो ।

एनआरएनए नौ स्वर्ण, ६ रजत र एक कास्यसहित १६ पदकसहित दोस्रो र एपिएफ तीन स्वर्ण, चार रजत र ६ कास्यसहित १३ पदकसहित तेस्रो भयो । प्रतियोगिताको अन्तिम दिन आर्मीले चार स्वर्ण पदक जितेको छ । महिला ४०० मिटर फ्रिस्टाइलमा दुवाना लामाले स्वर्ण जितेकि छन् ।

उनले चार मिनेट ४३.९२ सेकेण्डमा उक्त दूरी पार गरेकि हुन् । पुलिसकी मिगन गुरुङले पाँच मिनेट ४.३८ सेकेण्डमा दूरी पार गर्दै रजत पदक जिते भने बागमती प्रदेशकी टिसा मर्हनले पाँच मिनेट ७.३६ सेकेण्डमा पूरा गर्दै कास्य पदक हात पारे ।

त्यस्तै पुरुष चार सय मिटरमा एनआरएनका आशिष सापकोटाले स्वर्ण जिते । उनले चार मिनेट ३५.३६ सेकेण्डमा पूरा गर्दै नयाँ कीर्तिमान कायम गरेकाे छ ।

प्रदेश १ का प्रारम्भ भण्डारीले पाँच मिनेट १२.०९ सेकेण्डमा पूरा गर्दै रजत पदक जित्नुभयो भने एपिएफका सुरेनबहादुर सिंहले पाँच मिनेट १२.१५ सेकेण्डमा पूरा गर्दै कास्य पदक हात पारे ।

त्यसैगरी महिला एक मिटर बेष्टस्टोकमा आर्मीकी दुवाना लामाले १ मिनेट १६.६३ सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक जित्नुका साथै नयाँ कीर्तिमान पनि कायम गरेकाे छ ।

आर्मीकै उपस्ती मर्हजनले १ मिनेट २२.३९ सेकेण्डमा पूरा गर्दै रजत र नेपाल पुलिसकी अदिप्सा वैद्यले १ मिनेट २२.६७ सेकेण्डमा पूरा गर्दै कास्य पदक हात पारेका हुन् ।