देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कारबाहीमा परी पाँच आईएस लडाकू मारिए

देशान्तर

काठमाडौं – अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा आइएस वा इस्लामिक स्टेट्स आईएस संगठनका सदस्यहरु लुकेको ठाउँलाई लक्षित गरी शुरु गरेको कारबाहीको क्रममा पाँच विद्रोहीको मृत्यु भएको प्रान्तीय प्रहरी प्रवक्ता अबिदुल्लाह अबिदीले बताए ।

आतङ्ककारी लु्क्ने ठाउँमा आज बिहान आक्रमण गर्दा पाँच जनाको घटनास्थलमा नै मृत्यु भएको अबिदीले पत्रकारहरूलाई बताए।

सुरक्षाबलले गरेको कारबाहीमा सशस्त्र विद्रोहीहरू बनाएका दुष्ट योजनालाई विफल भएको बताइएको छ । गत वर्ष केही घातक बम विस्फोटको जिम्मेवारी लिएका कट्टरपन्थी इस्लामिक स्टेट्स सङ्गठनले अहिलेसम्म कुनै टिप्पणी गरेको छैन ।