देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नवौं राष्ट्रिय खेलकुद : म्याराथनमा गण्डकीलाई पहिलो स्वर्ण

देशान्तर

कास्की – एथलेटिक्स अन्तर्गत म्याराथन दौडमा गण्डकी प्रदेशका खेलाडी अनिश थापामगरले स्वर्ण पदक जितेका छन् ।

अनिशले म्याराथन ४२ दशमलव १९५ किलोमिटर २ घन्टा २२ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेका हुन् ।

म्याराथन प्रतियोगितामा १८ जना सहभागी भएकोमा त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेतले रजत पदक जिते । उनले २ घन्टा २३ मिनेट १४ सेकेन्डमा पूरा गरे । सशस्त्र प्रहरी बल एपीएफका सन्तोषविक्रम विष्टले २ घन्टा ३० मिनेट ५४ ले दूरी पूरा गर्दै कास्य पदक जिते । राष्ट्रिय खेलकुदको इतिहासमा म्याराथनमा गण्डकीले स्वर्ण पदक जितेको पहिलो रेकर्ड हो ।

त्यसै गरी महिला म्याराथन दौडमा सशस्त्र प्रहरी बल एपीएफकी वृन्द्राधन श्रेष्ठले स्वर्ण पदक जितेकी छन् । वृन्द्राले ४२ दशमलव १९५ किलोमिटर दूरी २ घन्टा ५७ मिनेट २३ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेकी हुन् ।

रजत पदक जितेकी आर्मीकी विश्वरुपा बुढाले ३ घन्टा ३५ सेकेन्डमा दूरी पूरा गरिन् । पुलिसकी रेखा विष्टले ३ घन्टा १ मिनेट ३५ सेकेन्डमा पूरा गर्दै कास्य जितिन् ।