देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

श्रीलंकामा बाढीपहिरो, ३ को मृत्यु, ५५ हजारभन्दा बढी प्रभावित

देशान्तर

काठमाडाैं – श्रीलंकामा गएको ७२ घण्टामा बाढी र पहिरोबाट तीन जनाको मृत्यु भएको छ । यस प्रकोपमा परी १३ हजार नौ सय २ परिवारका ५५ हजार भन्दा बढी मानिस प्रभावित भएका विपद् व्यवस्थापन केन्द्र (डीएमसी) ले आइतबार जनाएको छ ।

बाढी र पहिरो ल्याएको वर्षाको मौसम बुधबारसम्म जारी रहने डीएमसीले जनाएको छ । भारी वर्षा जारी रहेमा केही क्षेत्रमा बाढीको जोखिम बढ्ने सिँचाइ निर्देशक सुगेश्वरले बताएका छन् ।

प्रतिकूल मौसम अवस्थालाई ध्यानमा राख्दै छ जिल्लाका लागि जारी गरिएको पहिरोको चेतावनीलाई थप गरिएको डीएमसीले जनाएको छ ।हालको भारी वर्षा देशनजिकैको इन्टरट्रोपिकल कन्भर्जेन्स जोन (आईटीसीजेड) को प्रभावका कारण भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।