देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नवौँ राष्ट्रिय खेलकुद : फेन्सिङको ईपी टिम इभेन्टमा आर्मीलाई स्वर्ण

देशान्तर

कास्की – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आज शुक्रवार भएको फेन्सिङको पुरुष टिम ईपीमा आर्मीले स्वर्ण जितेको छ । आर्मीले एपीएफलाई ४५–२८ अङ्कले पछि पार्दै आर्मी स्वर्ण जितेको हो । आर्मीका लागि यो फेन्सिङमा ५औँ स्वर्ण पदक हो ।

पोखरा रङ्गशालामा रहेको ब्याडमिन्टन कोर्टमा भएको फाइनल प्रतिस्पर्धामा एपीएफले रजत पदक जित्दा गण्डकी प्रदेश र वाग्मती प्रदेशले कास्य पदकमा चित्त बुझाए । फेन्सिङतर्फ ६ खेल व्यक्तिगत र ६ खेल टिम इभेन्टका भएका थिए ।

फेन्सिङको अङ्क तालिकाअनुसार आर्मी च्याम्पियन बनेको छ । आर्मीले पाँच स्वर्ण, पाँच रजत र सात कास्यसहित १७ पदक प्राप्त गरेको छ । वाग्मती चार स्वर्ण, तीन रजत, एक कास्यसहित ८ पदक प्राप्त गरेर दोस्रो स्थानमा रहेको छ ।

सशस्त्र प्रहरी दुई स्वर्ण, चार रजत र सात कास्यसहित १३ पदका साथ तेस्रो स्थानमा छ । सुदूरपश्चिम प्रदेशले एक स्वर्ण दुई कास्यसहित ३ पदक जितेको छ ।

त्यसैगरी गण्डकी प्रदेश चार कास्य पदक जित्दै पाँचौँ स्थानमा छ भने प्रदेश-१ ले तीन कास्य पदक प्राप्त गरेका‍े छ ।