देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पुरुष फुटबलमा एनआरएनएको विजयी सुरुवात

देशान्तर

कास्की – गण्डकी प्रदेशको पोखरामा भइरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले विजयी सुरुवात गरेको छ ।

पोखराको याम्दीमा रहेको गोष्तेघाट मैदानमा आज बिहीवार भएको खेलमा एनआरएनएले प्रदेश नम्बर १ लाई दुई–शून्य गोलले हराउँदै विजयी सुरुवात गरेको हो । एनआरएनएको जितमा विमल घर्तीमगर र सञ्जोग राईले एक–एक गोल गरे । विमलले खेलको आठौँ मिनेटमा र सञ्जोगले ५५ औँ मिनेटमा गोल गरे ।

प्रतियोगिताअन्तर्गत आजै अर्को खेलमा बाग्मती र मधेश प्रदेशबीच खेल हुँदैछ ।