देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नवौं राष्ट्रिय खेलकुद : रग्बी खेलमा सहभागी हुने खेलाडी छनौट

देशान्तर

काठमाडौं – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत रग्बी खेलमा सहभागी हुनका लागि प्रदेश १ को उदयपुर जिल्लामा खेलाडी छनौट गरिएको छ ।

गण्डकी प्रदेशमा असोज २८ देखि कार्तिक ३ गतेसम्म सञ्चालन हुने नबौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुनका लागि खेलाडी छनौट गरिएको हो । राष्ट्रिय प्रतियोगितामा खेलाडी छनौट हुनका लागि छनौट चरणका खेलहरू भदौ दोस्रो साताबाट सुरु गरिएको प्रदेश १ रग्बी खेलकुदका अध्यक्ष बिनोद कटुवालले जानकारी दिए ।

जिल्लास्तरीय छनौट चरणको खेलहरू भदौ ५ देखि १० गतेसम्म भएको उनले बाए । जिल्लाबाट छनौट भएका खेलाडीहरू प्रदेशमा जाने र ’प्रदेशबाट छनौट भएका खेलाडी राष्ट्रिय प्रतियोगितामा भाग लिन पाउने छन् ।

प्रदेशस्तरमा भाग लिन उदयपुर बाट १० खेलाडी छनौट भएका छन । प्रदेशस्तरमा खेलाडी छनौट भदौ १६ देखि १० गतेसम्म सञ्चालन हुनेछ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेश १ बाट ३६ वटा विभिन्न खेलकुद विधामा खेलाडीहरूले भाग लिनेछन् ।