देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कैलाली र कञ्चनपुरमा १२ गते सार्वजनिक बिदा

देशान्तर

काठमाडाैं – कैलाली र कञ्चनपुरमा आइतबार सार्वजनिक बिदा दिइएको छ । यही भदौ १२ गतेका दिन सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायको अटवारी पर्वका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रदेश सरकारले थारु समुदायको अटवारी पर्वको अवसरमा दिएको बिदाको मिति संशोधन गरेर भदौ १२ गते कायम गरेको हो । यसअघि २०७८ चैत २२ गतेको मन्त्रिपरिषद्को बैठकले अटवारी पर्वको बिदा भदौ १९ गते दिने निर्णय गरेको थियो । प्रदेश सरकारको मन्त्रिपरिषद्को भदौ ९ गतेको बैठकले सो बिदा दिने निर्णय गरेको हो ।

आइतबारका दिन कैलाली र कञ्चनपुरका सम्पूर्ण सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा रहने आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन अधिकृत विष्णुदत्त अवस्थीले बताए ।

तिथिमिति अनुसार अटवारी पर्व भदौ १२ गते परेको भन्दै थारु कल्याणकारिणी सभा कैलालीले बिदाको मिति संशोधन गर्न माग गरेको थियो । प्रदेश सरकारको सो निर्णयलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको छ ।