देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जनकपुर भन्सारले २६ करोड ३६ लाख उठायो !

देशान्तर

काठमाडाैं – जनकपुर भन्सार कार्यालयले आर्थिक वर्ष ०७८/७९ मा लक्ष्यको ५४ प्रतिशत मात्र राजस्व संकलन गर्न सकेको छ । कार्यालयले आव ०७८/७९ मा ४८ करोड ५५ लाख ९२ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएकामा ५४ दशमलव ३० प्रतिशत अर्थात् २६ करोड ३६ लाख ७९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

जनकपुर भन्सार कार्यालयका प्रमुख प्रमोद दासका अनुसार आव ०७८/७९ मा भन्सार महसुलतर्फ १६ करोड १७ लाख ७७ हजार रुपैयाँ, मूल्य अभिवृद्धि करतर्फ नौ करोड ७४ लाख ५९ हजार रुपैयाँ, अन्तःशुल्कतर्फ ३७ लाख २७ हजार रुपैयाँ र बोलपत्र आयाततर्फ सात लाख १५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

आव ०७७/७८ मा लक्ष्यको ८८ दशमलव ३३ प्रतिशत राजस्व संकलन भएको थियो । आव ०७७/७८ मा ५३ करोड ५१ हजार ५७ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकामा ४४ करोड ५९ लाख ७१ हजार रुपैयाँ संकलन भएको थियो ।

भन्सार कार्यालयका अनुसार आव ०७७/७८ मा भन्सार महसुलतर्फ २१ करोड ७७ लाख ८२ हजार रुपैयाँ, मूल्य अभिवृद्धि करतर्फ २२ करोड ३३ लाख ८ हजार रुपैयाँ, अन्तःशुल्कतर्फ ३० लाख ६२ हजार रुपैयाँ र सडक निकासी दस्तुरतर्फ १८ लाख १८ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।

थुप्रै सामान आयातमा लगाएको प्रतिबन्ध, बैंकिङ माध्यमबाट कारोबार गर्नुपर्ने व्यवस्था, बाटोको समस्या, कोरोना महामारी, खुला सीमा, स्थानीय तहको निर्वाचनलगायत कारणले लक्ष्यअनुसारको राजस्व संकलन गर्न नसकिएको कार्यालय प्रमुख दासले बताए ।

जिल्लामा मुख्य भन्सार कार्यालय एक र छवटा छोटी भन्सार कार्यालय छन् । जटही, इनर्वा र अररियास्थित छोटी भन्सार मात्र सञ्चालनमा छन् । खजुरी, महुवा र महिनाथपुरस्थित छोटी भन्सार कार्यालय अहिले बन्द रहेको कार्यालयले जनाएको छ । –