देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लुम्बिनी प्रादेशिक अस्पताल र राप्ती प्रादेशिक अस्पतालमा आजदेखि रगत, बहिरंग सेवा र शय्या निःशुल्क !

देशान्तर

काठमाडौं – लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा बहिरंग सेवा र जनरल बेड सेवामा निःशुल्क व्यवस्था गरिएको छ ।

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष ०७९र८० को बजेटमा लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीलाई बहिरंग सेवा र साधारण शय्या सेवामा शुल्क नलिने व्यवस्था गरेसँगै उक्त निर्णय आजदेखि कार्यान्वयनमा ल्याइएको प्रदेश सरकारका स्वास्थ्यमन्त्री इन्द्रजीत थारुले जानकारी दिए ।

‘लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयद्वारा लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट २०७९ साउन १ गतेदेखि बहिरङ सेवा र जनरल बेड सेवा निःशुल्क हुने छ,’ उनले भने, ‘प्रदेश सरकारले दुवै अस्पतालमा ओपीडी र शय्या निःशुल्क गर्न एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।’

यस्तै साउन १ देखि प्रदेशका सरकारी अस्पतालमा सेवा लिने बिरामीका लागि अब रगत पनि निःशुल्क हुने भएको छ । रगत निःशुल्क गर्न लुम्बिनी प्रादेशिक अस्पताल र रक्तसञ्चार सेवा केन्द्रबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सरकारले बजेटमा निःशुल्क रगतका लागि तीन करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।