देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालमा गत चौबीस घण्टामा २०५ जनामा कोरोना संक्रमण , १ हजार ३८५ सक्रिय संक्रमित

देशान्तर

 

काठमाडौं – नेपालमा गत चौबीस घण्टामा जम्मा २०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट १ हजार १९९ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १५२ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै १ हजार ८९१ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ५३ जनामा कोरोना संक्रमण देखिएको छ । नेपालमा हाल १ हजार ३८५ जना सक्रिय संक्रमित छन् ।

त्यस्तै, गत चौबीस घण्टामा थप ५१ जना कोरोना भाइरस संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या ९ लाख ६७ हजार ९५७ जना पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा संक्रमण मुक्त हुनेदर ९८ दशमलव ६ प्रतिशत छ ।

त्यस्तै, गत चौबीस घण्टामा थप १ लाख ८२ हजार ९८९ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।