देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दमौली अस्पतालमा संक्रमणजन्य रोगका बिरामी बढे

देशान्तर

काठमाडौं – दमौली अस्पतालमा संक्रमणजन्य रोगका बिरामी बढेका छन् ।ज्वरो,टाइफाइड,निमोनिया,रुघाखोकी,झाडापखला लगायतका बिरामी बढेको सो अस्पतालले जनाएको छ ।

अस्पतालमा आएका बिरामी मध्ये रुघाखोकी,टाइफाइडका बिरामी धेरै भएको अस्पतालका डा. दिवस ढकालले जानकारी दिए ।

दिनमा २५० भन्दा बढी बिरामी उपचारार्थ आउनेमा ३० देखि ४० प्रतिशत टाइफाइडका बिरामी छन् । संक्रमणजन्य रोग भएकोले एक व्यक्तिबाट अर्कोमा सर्न सक्ने भएकोले सुरक्षित हुन होम आइसोलेशनमा बस्ने र खानपानमा ध्यान दिन सुझाव दिइएको उनले बताए । उनले भने,“पानी उमालेर खान र आराम गर्न सुझाब दिइएको छ ।”

टाइफाइड रोग खानेपानी र खानाबाट सर्ने भएकोले सफा खाने पानी पिउन र स्वास्थ्यकर खाना खाना आग्रह गरेको उनले बताए ।