देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालमा गत चौबीस घण्टामा  थपिए १२१ कोरोना संक्रमित, निको हुने दर ९८.७ प्रतिशत

देशान्तर

काठमाडौं – नेपालमा गत चौबीस घण्टामा  १२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट १ हजार ७ सय जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १०४ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै १ हजार ३४५ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ९७ जनामा कोरोना संक्रमण देखिएको छ । नेपालमा हाल ६७८ जना सक्रिय संक्रमित छन् । त्यस्तै, गत चौबीस घण्टामा थप ३१ जना कोरोना भाइरस संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या ९ लाख ६७ हजार ६८७ जना पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा संक्रमण मुक्त हुनेदर ९८ दशमलव ७ प्रतिशत छ । त्यस्तै, गत चौबीस घण्टामा थप ४३ हजार ५६७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्